अब डीभी र पीआरवालालाई कारबाही गरिने

२०७२ असार २६ गते


काठमाडौं, २६ असार । संसदको राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको निजामति सेवा चौथो संशोधन विधेयक २०७१ पारित भएको छ ।
विधेयक पारितसँगै विदेशको डीभी, पीआर लिनेकर्मचारीमाथि कारबाहीको बाटो खुला भएको समाचार राजधानी दैनिकले समाचार छापेको छ ।
शुक्रबारको संसद बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सो विधेयकमाथि छलफल गरियोस् भनि प्रस्ताव गरेका थिए ।
डेढ वर्षअघि मन्त्री पण्डितले विदेशको ग्रिनकार्ड लिने कर्मचारीहरुलाई कारबाही गर्ने घोषणा गरेका थिए ।

0 comments

Write Down Your Responses