दिलीप रायामाझी यसकारण भासिदै छन् अमेरिका

July 11, 2015


काठमाडौं । नेपाली चलचत्रिमा सशक्त अभिनय गर्न माहिर मानिने अभिनेता दिलीप रायामाझी अहिले चर्चामा रहेका छन् ।
तर उनी अभिनय वा चलचित्र हिट भएर नभई ग्रिनकार्डमा सपरिवार अमेरिका जाने तयारीका कारण चर्चामा आएका हुन् ।
हालैमात्र उनले एक पत्रिकासँगको अन्तरवार्तामा आफू अमेरिका जाने कारणबारे खुलाएका छन् । उनले आफू जाने मिति तय नभएपनि छिट्टै जाने बताएका छन् ।
उनले आफू चलचित्र क्षेत्रबाट पलायन हुन लागेको कुरालाई भने अस्वीकार गरेका छन् । उनले अमेरिकामै बसेर नेपाली चलचित्रका लागि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
नायक रायामाझीले आफू छोरीको पढाइ र करिअरका लागि अमेरिका जान लागेको पनि स्पष्ट पारेका छन् ।

0 comments

Write Down Your Responses