अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने सरकारको घोषणा

२०७२ असार २३ गते


कीर्तिपुरस्थित क्रिकेट मैदान
२३ असार, काठमाडौं । सरकारले देशका विभिन्न भागमा आठ वटा क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेको छ ।  मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानलाई तीव्रता दिने र किर्तिपुर क्रिकेट मैदानको स्तरोन्नति गर्ने सरकारको दाबी छ ।
राष्ट्रपति डा. रामवरण यादवले बुधबार संसदमा वाचन गरेको नीति तथा कार्यक्रममा काठमाडौंमा नयाँ अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण सुरु गर्ने घोषणासमेत गरिएको छ ।
नीति तथा कार्यक्रममा भनिएको छ-‘तेह्रौ दक्षिण एशियाली खेलकुदलाई लक्षित गरी काठमाडौंमा पाँच हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल तथा नयाँ अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु गरिने छ ।’ एक निर्वाचन क्षेत्र एक खेल मैदान निर्माण कार्यलाई तीव्रता दिइने पनि नीति-कार्यक्रममा उल्लेख छ ।

0 comments

Write Down Your Responses