शनिबार बिहानै नेपालमा भूकम्प गयो

 July 11, 2015


काठमाडौं, आषाढ २६ । गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछिका पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।

शनिबार बिहानै ४ म्याग्निच्यूडमाथिको एउटा पराकम्पन आएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहानै २ बजेर २८ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्पन आएको हो ।

यसअघि, शुक्रबार ४ म्याग्निच्यूडमाथिको पराकम्पन मापन भएन भने विहीबार एकओटा पराकम्पन मापन भएको थियो ।

0 comments

Write Down Your Responses