इदको उत्सवमा रगतको खोलो बग्यो

फोटो :एजेन्सी
बम विस्फोट, कम्तिमा एक सय मारिए
एजेन्सी : शनिबार बिहान इराकको ब्यस्त बजारमा भएको बम विस्फोटमा कम्तिमा एक सयजना मारिएका छन् ।


इराकी अधिकारीका अनुसार इद मनाउने क्रममा व्यस्त बजारमा भएको शक्तिशाली धमाकामा एक सय बढी मारिएको प्राराम्भीक जानकारी दिएका छन्।

दियाला प्रान्तको खान बनी साद इलाकाबाट प्राप्त समाचार अनुसार ज्यान गुमाउनेहरुमा धेरैजसो महिला र बालबालिका रहेका छन् ।

घटना भएको क्षेत्रमा सिया मुसलमानको बाक्लो बसोबास रहेको छ । धमाका मानिसहरु ईद मनाइरहेका थिए । विस्फोट यति शक्तिशाली थियो कि आसपासका दर्जनौ घर पनि ढलेका छन् ।

इस्लामिक स्टेट आतंककारी संगठनले हमला आफूले गरेको जनाएको छ । इराकको धेरै भूभागमा आर्इएसले कब्जा जमाएको छ ।


आईएसले जारी गरेको सन्देशअनुसार उसका एक सदस्यले मानिसको भींडमा तीनवटा बम विस्फोट गराएका थिए ।

पुलिस अधिकारी अहमद अल तमिमीले समाचार एजेन्सीलार्इ बताए अनुसार मानिसहरु अहिले बालबालिकाको शरीर एक ठाउँमा जम्मा गरिरहेका छन् ।

दियाला प्रान्तमा अधिकारीले तीन दिनको शोकको घोषणा गरेका छन् । त्यहाँ र्इदका क्रममा मनाइने उत्सव पनि रद्द गरिएको छ ।

इराकको उत्तरी र पश्चिमी इलाकामा सरकार र आईएसबी केही वर्षदेखि लडाइँ चलिरहेको छ ।

आईएसले दियाला प्रान्तमा गत वर्ष कब्जा जमाएको थियो । तर सरकारी सेनाले आर्इएसलार्इ त्यहाँबाट लखेटेको थियो । त्यहाँका कयौं भूभागमा अहिले पनि आर्इएसको कब्जा छ।

,

0 comments

Write Down Your Responses