गुडिरहेको कारमै बच्चा जन्मियो (भिडियो)

एजेन्सी : नेपालमा बस या अस्पतालको गेटमा तथा चौरमै बच्चा जन्माएको खबर हामीले सुन्दै आएका छौं । यस्ता घटना आवश्यक सुविधा र चिकित्सकको अभाव र पहुँच नहुँदा हुने गरेको छ ।


तर, यस्ते एउटा अनौठो घटना अमेरिकी शहर शहर ह्यस्टनमा भएको छ । अस्पताल जाने क्रममा ढिलाइ हुँदा एक महिलाले गुडिरहेको कारमै बच्चालार्इ जन्म दिएकी हु्न् ।

बच्चा जन्मिरहेको दृश्य सोही कार चलाइरहेका उनका पतिले खिच्न भ्याएपछि यसले संसारभर चर्चा पाएको छ । भिडियो खिचेर ती पतिले यु ट्युबमा हालेपछि त्यसले चर्चा पाएको छ ।

यो घटनामा ती पतिले 'हामी ४५ मिनेटदेखि कार हाँकिरहेका छौं' भन्दै पत्नीले बच्चा जन्माउँदै गरेको भिडियो यु ट्युबमा अपलोड गरेका थिए ।

बिनाकुनै सहयोग कारमा जन्मेको शिशु पूर्णरुपमा स्वास्थ छ । समाचार अनुसार यो दम्पतिले यसअघि पनि दुर्इवटा सन्तान जन्माइसकेका छन्।

,

0 comments

Write Down Your Responses