६ तले घरको भर्याङबाट खसेर काठमाडौंमा एक जनाको मृत्यु
२०७२ असार १७ गते
काठमाडौं, १७ असार । काठमाडौंमा ६ तले घरको भ¥याङबाट खसेर एक जनाको मृत्यु छ ।
काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध मकान गल्लीमा विहिबार नयाँ बन्दै गरेको ६ तले घरको भ¥याङबाट लडेर गम्भीर घाइते भएका भारत बैचाली घर भएका ३५ बर्षीय अनिल भन्ने राम सुन्दर रायको उपचारको लागि बीर अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
यस्तै, कालिकोट रकु–३ बस्ने ४० बर्षीय नैला सिंह तिरुवा र सिउना–४ बस्ने २४ बर्षीय कमल तिरुवाको लडेर मृत्यु भएको छ । कोतवाडा–४ गजेभिर स्थित लालुलीको सडकखण्डमा बुधबार काम गरीरहेको अवस्थामा भिरबाट लडेर उनीहरुको मृत्यु भएको हो ।
स्रोत -दैनिक नेपाल
0 comments
Write Down Your Responses