हिन्दु धार्मिक मेलामा बाइसको मृत्यु

 भारत :  दक्षिणी भारतमा एक हिन्दु धार्मिक मेलामा मङ्गलबार भएको भागदौडमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् ।

आन्ध्र प्रदेश राज्यको राजाहमुन्द्री भन्ने स्थानमा रहेको गोदावरी नदीमा गङ्गास्नान गर्ने पुष्कर मेलामा भएको भागदौडमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका थिए ।


सो मेला भर्नका लागि भेला भएका दशौँ हजार व्यक्तिहरुबीच भागदौड चल्दा सो घटना भएको बताइएको छ । सो भागदौडको कारण हालसम्म प्रष्ट भने भएको छैन ।



तर प्रहरीका अनुसार भने नदीको तटीय क्षेत्रमा परेका आ–आफ्नो जुत्ता लिन खोज्दा सो भागदौड मच्चिएको थियो । गोदावरी नदीमा स्नान गर्नाले पापबाट मुक्त होइन्छ भन्ने धार्मिक कथनका कारण सो नदीमा त्यस प्रकार हजारौँको सङ्ख्यामा भक्तहरुको भेला भएको बताइएको छ ।

सन् २०१३ को अक्टोबर महिनामा मध्य भारतीय राज्य मध्य प्रदेशमा भएको एक भागदौडमा ११० व्यक्तिको मृत्यु भएको थियो । सो भागदौडको क्रममा ज्यान गुमाउनेहरुमा प्रायः महिला र बालबालिका रहेका थिए ।

,

0 comments

Write Down Your Responses