चार दिने छोरालाई जिउँदै बागमतीमा बगाउने युवती पक्राउ

काठमाडौँ, २४ असार । आफूले जन्माएको नवजात शिशु छोरालाई झोलामा राखी बागमतीमा फाल्ने काभे्रकी एक युवती पक्राउ परेकी छिन् ।
काभ्रेको गोकुले–५ घर भएकी २२ बर्षीया कान्छीमाया तामाङलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । चारदिन अगाडि जन्मेको छोरोलाई झोलामा हाली काठमाडौँ महानगरपालिका–८ पशुपति आर्यघाटस्थित बागमती नदीमा फालेर भाग्न लागेको अवस्थामा महानगरीय प्रहरी बृत्त गौशालाले तामाङलाई पक्राउ गरेको हो । उनले फालेको झोला खोली हेर्दा बालक जीवितै रहेको भेटिएपछि प्रहरीले बालकलाई तत्कालै प्रशुति गृह थापाथली लगेको थियो । अवैध सम्बन्धबाट बच्चा जन्माएकाले जिउँदै फालेकोहुन सक्ने प्रहरीको भनाइ छ ।
dainiknepal.com

0 comments

Write Down Your Responses