राशिफल /२०७२ आषाढ ३१ गते बिहीबार

आजको पञ्चाङ्ग
वि.सं. २०७२ आषाढ ३१ गते बिहीबार तदनुसार ई. सं. २०१५ जुलाई १६ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :— ११३५, (अनलागा)

इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०६:५० बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०७:०० बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे

आषाढ कृष्णपक्षको  अमावस्या तिथि, बिहान ०६:०७ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि,
पुनर्वसु नक्षत्र, दिउँसो ०२:५८ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, चन्द्रमा मिथुन राशिमा, बिहान ०८:४० बजेसम्म, त्यसपछि कर्कट राशिमा,
हर्षण योग, बेलुका १०:३६ बजेसम्म, त्यसपछि वज्र योग,
बब करण, साँझ ०६:२२ बजेसम्म त्यसपछि बालब करण,
आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : ईशान, वारशूल : दक्षिण,

आजको व्रत÷पर्व : स्नानदानादिका लागि औंसी, हलो बार्ने दिन, पुरुषोत्तम महिनाको तथा मालपुवा (अपूप) दान समाप्ति
आगामी ३ दिनभित्र पर्ने व्रत/पर्व तथा शुभ मूहुर्त :
भोलिको व्रत÷पर्व : चन्द्रोदय, श्रावण सङ्क्रान्ति, कण्डारक पूजा, लुतो फाल्ने दिन, दक्षिणायन प्रारम्भ, कृष्णप्रणामीहरुको वितककथा प्रारम्भ, थारु जनजातिको गुरिया पर्व,
भोलिको मूहुर्त : अग्निवास(होमादि),
०२ गते : श्री जगन्नाथ रथ यात्रा, रुद्राभिषेक(रुद्रीपूजा),
आजको राशिफल

ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्यका बारेमा चिन्तन गरिने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । स्वास्थ्यमा सकारात्मक संकेत देखिने छ ।  आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लामो दूरीको यात्रा हानीकारक हुनसक्छ, आवश्यक यात्रा गर्नै पर्ने छ भने साँझपख राम्रो हुनसक्छ । साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । सुरुमा स्फूर्ति र उमङ्गको कमी हुनेछ तर अपराह्नतिर विलासिता र रमणीयतातिर आकर्षित भइनेछ, भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बिहानको समयमा निराशा हुनसक्छ, कामधन्दामा समय दिन मन लाग्दैन, अल्छीपन र आलस्य जाग्नसक्छ । मध्याह्नको सुरुवातसँगै अझ नराम्रो हुनेछ । अनावश्यक र झुठो आरोप आइलाग्ने सम्भावना छ । दिन छिप्पिदै जाँदा असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ । कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

virgo
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धार्मिक÷सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । आमाबुवाको आशीर्वचन प्राप्त भएमा गरेका काममा सफलता र साख पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर कर्मप्राप्ति र व्यवसायिक उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । प्रेममा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त भएपनि दिउँसोका तुलनामा बिहान राम्रो छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अपराह्नसम्म त्यति अनुकूल दिन छैन । तर परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आलस्य त्याग्नु राम्रो हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ, तर बेलुका घरायसी मामिलामा समय दिन नसक्नाले केही धमिलोपन आउन सक्छ । सचेत रहनु होला । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख मन चञ्चल हुने संकेत देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।  आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि आज साँझ कुनै आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसोबास गर्नेहरूले आफ्नो कमाइको केही अंश खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्नेछन् । प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । प्रेम सम्बन्ध र दाम्पत्यसुखमा कमी हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

,

0 comments

Write Down Your Responses