भारतकै सबैभन्दा महँगो फिल्म ‘बाहुबली’ हेर्नुपर्ने १० खास कुरा

भारतको इतिहासमै सबैभन्दा महँगो फिल्मको दावि गरेको फिल्म बाहुबली यतिखेर निकै चर्चामा छ । सबैभन्दा महँगो फिल्म भनिएको कारण पनि यो फिल्म कस्तो बनेको होला भन्ने सबैको कौतुहोल्ताको बिषय बनेको छ । हामी यहाँ फिल्म बाहुबली भित्र रहेका खास १० कुराहरु यहाँ चर्चा गर्दैछौं ।
१. बाहुबली फिल्मले प्रमोशनको लागि एक बिशेष डिजिटल मार्केटिंग अपनाएको छ । जसले गर्दा पनि यस फिल्म अझ पपुलर बन्दै गएको पाईन्छ ।
२. हाल रिलिज भएको फिल्म जुरासिक बल्र्ड र बाहुबली फिल्ममा काम गर्ने भिजुअल इफेक्ट टिम एउटै हुन् ।
३. यस फिल्मको प्रोडक्सन टिमले करिब ८५ करोड रुपैंया भिजुअल इफेन्टको लागि मात्र खर्च गरेको छ । यस फिल्ममा ९५ प्रतिशत दृश्य कम्प्युटरबाट बनाईएको छ । यसमा सिजीआई र वीएफएक्स ग्राफिक्स प्रयोग भएको छ ।
४. यस फिल्म काल्मनिक युद्धमा आधारित फिल्म हो । फिल्म बनाउन २५० करोड लागत लागेको छ । यसमा तेलुगू र तमिल भाषामा फिल्म सुट भएको थियो । पछि हिन्दि भाषा मा रिलिज गरेको हो ।
५. करण जोहरका अनुसार, बाहुबली स्क्रिन काउन्टमा सबैभन्दा बढि डबिंग गरीएको फिल्म हो । यस फिल्ममा भारतको कुनै एक प्रदेशलाई छोडेर सिँगो देशलाई नै अपिल गर्न सफल भएको फिल्म हो ।
६. बाहुबली ४००० फिल्म हलमा रिलिज भइरहेको छ जसमध्यै १३५ हल अमेरीका भित्रका मात्रै छन् ।
७. हलिउड फिल्म फ्लिक ३०० बाट प्रेरीत भएको फिल्म भनिएपनि निर्देशन राजमोअलीका अनुसार यो फिल्म बिल्कुलै फरक फिल्म हो । जुन फ्लिक ३०० सँग मिल्दैन ।
८. उसमा युद्ध र एक्सन देख्न सकिन्छ । जसका लागि बियतनामका ट्रेनरबाट आएका एक्टरलाई लिइएको छ ।
९. फिल्ममा प्रभाष र राणाले आफ्नो वजन १०० किलो भन्दा बढि बनाएका छन् । जसका लागि कलाकारलाई दिनमै ६ देखि ८ पटक खाना खानुपरेको थियो । यसमा प्रत्येक चिज ननभेज खुवाईएको थियो । जसका लागि प्रत्येक दिनको टार्गेट २००० देखि ४००० क्यालोरी थियो ।
१०. फिल्ममा मुख्य भुमिकामा रहेका प्रभाषले आफ्नो विवाह पनि सारेर छायांकनमा व्यस्त भएका थिए । फिल्म बन्नको लागि ३ बर्ष लागेको थियो ।
http://www.pakbcn.tv/showthread.php?172498

0 comments

Write Down Your Responses