अव कोरिया पढ्न समेत जान पाइने

२३ असार ।


कोरिया सरकारले आफ्नो देशमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीलाई लक्षित गरी लचिलो निति सार्वजानिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा शिक्षा मन्त्रालयले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको र विदेशी मैत्री बनाउने प्रतिबद्धता ब्यक्त गर्दै नयाँ निति सार्वजानिक गरेको हो ।


सन् २०२३ सम्म विदेशी विद्यार्थीको संख्यामा वृद्धि गरी दुइ लाख पुर्याउने महत्वकांक्षी निति शिक्षा मन्त्रालयको छ । हाल कोरियाका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका विदेशी विद्यार्थीको संख्या झण्डै चौरासी हजारको हाराहारीमा छ ।

सन् दुइ हजार एघार यता अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या घट्दै गएपछि कोरिया सरकारले विदेशी विद्यार्थी वृद्धि गर्ने लक्ष्य सहित खुकुलो निति ल्याएको हो । मन्त्रालयले कलेजहरुलाई विदेशी विद्यार्थीका लागि छुट्टै विभाग खोल्न अनुमति दिने सहितको निति परिमार्जन गर्ने बताएको छ ।

त्यस्तै विदेशी विद्यार्थीले श्रम बजारमा रोजगारीको अवसर सहज तवरले पाउन भनेर मन्त्रालयले विज्ञान र इन्जिनियरिङ पाठ्यक्रम अग्रेजी माध्यमबाट अध्यापन गराउन कलेजहरुलाई आवश्यक सहयोग गर्ने योजना बनाएको छ । कोरिया अध्ययन गर्ने अधिकांश विद्यार्थीहरुले अध्ययन पुरा गरेपछि त्यसले कोरियामा रोजगारी अवसर पाउन कठिन हुने गरेको र रोजगारीको अवसर अप्रर्याप्त रहेको गुनासो गर्दै आएका छन् ।

गएको तीन वर्ष यता कोरियामा अध्ययन गर्न आउने संख्यामा कमि आएको छ । सन् दुइ हजार एघारमा अध्ययन गर्न आएका विदेशी विद्यार्थीको संख्या उनानब्बे हजार पाँच सय सैतीस रहेको थियो । सो संख्या घटेर सन् दुइ हजार चौधमा चौरासी हजार आठ सय एकानब्बे सिमित भएको छ ।

त्यस्तै राजधानी सोल बाहिरका कलेज तथा विश्वविद्यालयको अवश्था नाजूक रहेका कारण विदेशी विद्यार्थीको रोजाइमा कमि आएको अनुमान छ । यसैबीच सरकारले अन्र्तराष्ट्रिय विद्यार्थीको चाँप बढाउन एशियाका विभिन्न मुलुकका झण्डै एक सय विद्यार्थीलाई छ हप्ताका लागि कोरियाका विभिन्न विश्वविद्यालयको भ्रमण गराउने भएको छ ।

0 comments

Write Down Your Responses