भर्खरै प्राप्त खबरअनुसार श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या..
गोरखाको छोप्राक गाउ विकास समिति ७ मा बिहान ५:३० बजे ओछ्यानमा सुतिरहेको अबस्थामा घर्ती साइलो भन्ने चेत बहादुर भूजेलले वर्ष २२ की आफ्नी श्रीमती सुनिता भूजेललाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।
हत्या आरोपमा चेत बहादुरलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लगेको छ । हत्या विषयमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । सुनिताको लास पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ ।
.jpg)

0 comments
Write Down Your Responses