प्रचण्डको मोर्चाले गर्‍यो सडक तताउने निर्णय

६ पुष,काठमाडौं ।

कांग्रेस–एमालेले बुहमतको आडनमा सहमतिलाई पन्छाएर अगाडि बढ्न खोजेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक गठवन्धनले सडक आन्दोलन चर्काउने निर्णय गरेको छ । गठबन्धले संवाद समितिले संविधानसभामा पठाएको प्रतिवेदन पुनः संवाद समितिमा फर्काउनु पर्ने माग सुनुवाई नभए भोली आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।

सहमति जुटाउनको लागि कांग्रेस–एमालेसँग निर्णाय भनिएको वार्ता भाँडिएपछि आज सिंहदरवारमा बसेको १९ दलको बैठकले कांग्रेस एमालेले सहमति नचाहेको निष्कर्ष निकालेको छ । गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले सहमति नभए शान्तिपूर्ण आन्दोलनको विकल्प नभएको बताए । उनले भने,‘हामीले अन्तिम समयसम्म पनि सहमतिको लागि प्रयास गर्दा पनि कांग्रेस–एमाले तयार देखिएनन त्यसैले आन्दोलनको विकल्प छैन ।


सहमति हुने सम्भावना नरहेको भन्दै बैठकले एमोवादीका महासचिव कृष्णबहादुर महराको नेतृत्वमा रहेको पाँच सदस्यीय कार्यदललाई बढाएर ११ सदस्यी बनाएको छ । बैठकको बारेमा एमाओवादीका अध्यक्ष प्रचण्डले वालुवाटारमा कांग्रेस एमालेसँग भएको बैठकको विषयमा जानकारी गराएका थिए ।

प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने,‘अब कांग्रेस–एमाले सहमतिमा आउैदैनन, आन्दोलतको तयारी नगर्नुको अर्को विकल्प छैन ।’ प्रचण्डले बैठकमा कांग्रेस–एमाले पेलेरै जाने विषयमा लागेको बताएका थिए । कांग्रेस एमालेले पेलेर जान खोजे त्यसको जवाफ सडकबाट दिने तयारीमा मोर्चा जुटेको छ ।

0 comments

Write Down Your Responses