श्वेताले सोधिन्- सेक्स भन्ने वित्तिकै किन उत्तेजित ?

एजेन्सी ।

यौन धन्धामा संलग्न भएको भनेर पक्राउ परेकी बलिउड अभिनेत्री श्वेता बसुले आफूलाई अनावश्यक विवादमा तानिएको र सञ्चार माध्यमले तथ्य नै नबुझी बदनाम गरेको आरोप लगाएकी छिन् ।
श्वेताले मीडियालाई एक खुला पत्र लेख्दै सेक्स भन्दैमा उत्तेजित भएर आफ्नो कुरा नै नसुनी जथाभावी लेखिएको उनको भनाइ छ ।


आफूलाई हिरासतमा लिएपछि आफूलाई केही बोल्न नदिइएको कुरालाई बिचार नै नगरी मिडियाले सेक्स शब्दको उत्तेजित प्रयोग गरेको उनले आरोप लगाएकी छिन् ।

आफ्नो बारेमा लेखिएको कुरामा कुनै सत्यता नभएको भन्दै सेक्स भन्ने शब्द सुन्ने वित्तिकै जे पायो त्यही समाचार लेख्ने र त्यसलाई बेच्ने गरिएको उनको भनाइ छ ।

आफ्नो कुरा नसुनिकन मनलाग्दो पत्रकारिता गरिएको भन्दै उनले प्रश्न उठाएकी छिन् ।

0 comments

Write Down Your Responses