‘फिल्म खेल्दिन बरु बिहे गर्छु’ भन्छन् सलमान खान
मुम्बई । बलिउड फिल्मा तीन खान, सलमान, शाहरुख र अमिरलाई सँगै भएको हेर्न चाँहने थुप्रै फ्यानहरु छन् । केही समयपनि सलमान खानकी बहिनीको विवाहमा तीन खान एकै ठाउँ भेला भएका पनि थिए ।
यस्तै केही दिनअघि मात्रै तीन खानले एउटै फिल्म खेल्ने चाहाना राखेको खबर समेत आएको थियो । तर, यसलाई दबंग खान सलमानले अस्वीकार गरेका छन् ।
उनले अमिर र शाहरुखसँग फिल्म खेल्ने आफ्नो कुनै चाहाना नभएको स्पष्ट पारेका छन् । अमिरले भने एउटै फिल्ममा खेल्ने चाहाना राखेका थिए ।
सलमानले भने तीन खान एउटै फिल्ममा देखिने चाहनाभन्दा पनि अर्को वर्ष सन् २०१५ मा विवाह गर्ने योजनामा रहेको सुनाएका छन् ।
उनले भनेका छन्, ‘तीन खान एकै फिल्ममा हैन अर्को वर्ष आफ्नै बिहे देख्ने चाहाना छ ।’
.jpg)

0 comments
Write Down Your Responses