चर्चित फुजेल हत्या काण्डका अभियुक्त रामप्रसाद अधिकारी बालाजुबाट पक्राउ...

चितवन, पौष ६ । गोरखाको चर्चित कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका आरोपी गोरखा फुजेल–७ का रामप्रसाद अधिकारीलाई काठमाडौंको बालाजुबाट प्रहरीले पक्राउ गरेको छ ।
उनी लामो समय फरार थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक रुगमबहादुर कुबरं नेतृत्वको टोलीले अधिकारीलाई हिजो पक्राउ गरेको हो । प्रहरीले यसअघि केही आरोपितलाई पक्रे पनि प्रमाण नपुगेको भन्दै अदालतबाट छुटाउने गरिएको थियो ।


प्रहरीले किटानी जाहेरीमध्येका फुजेल ७ कै अर्का अभियुक्त रामप्रसाद अधिकारी र पर्शुराम अधिकारीलाई २५ दिन हिरासतमा राखेर हत्यामा संलग्न प्रमाण नदेखिएको भन्दै जमानतमा रिहा गरेको थियो ।
यस्तै अधिकारी हत्याको आरोपमा पक्राउ परेका ७२ वर्षिय छविलाल पौडेल र भीमसेन पौडेललाई पनि  चितवन जिल्ला अदालतले धरौटीमा छोडेको थियो ।
कृष्णका दाजु नुरप्रसादले ११ जनाविरुद्व किटानी जाहेरी दिएका थिए । छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनशनकै क्रममा नन्दप्रसाद अधिकारीले करिव तीन महिनाअघि ज्यान गुमाइसकेका छन् भने उनकी श्रीमती गंगामाया अधिकारी अहिले उपचारको क्रममा अस्पतालमै रहेकी छिन् ।

0 comments

Write Down Your Responses