मोदीले भने- प्रधानमन्त्री पद छोडिदिन्छु
४ पुस, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न संघका नेताहरुलाई आफूलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिए प्रधानमन्त्री पद छोड्ने चेतावनी दिएका छन् । विश्व हिन्दु परिषद, बजरंग दल जस्ता आफूलाई समर्थन गरिरहेका संगठनका नेताहरुलाई मोदीले आफूलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिए पद छोड्ने चेतावनी दिएको भारतीय सञ्चार माध्यमले जनाएका छ्न् ।
प्रधानमन्त्री मोदीले संघका नेताहरुलाई जनताले आफूलाई भारतको विकाश र राष्ट्र निर्माणका लागि बहुमत दिएको बताउँदै आफूलाई सबै भन्दा पहिला देशको अर्थतन्त्र सुधार गर्नका लागि काम गर्न दिन आग्रह गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
विभिन्न धार्मिक मुद्धामा आफूलाई तनाव नदिन आग्रह गर्दै मोदीले बढी नै तनाव दिए प्रधानमन्त्री पद छोडन आफूले ढिला नगर्ने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्रीको आग्रह पछि संघको नेतृत्वले आफ्ना माग फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्री मोदीलाई विभिन्न धार्मिक संगठनले धार्मिक कामका लागि दवाव दिएपछि मोदीले यस्तो बताएका हुन् ।
.jpg)

0 comments
Write Down Your Responses