१४१ जनाको हत्यामा भारतको हातः मुशर्रफ

३ पुस, काठमाडौं ।


पाकिस्तानका पूर्व सैनिक शासक परवेश मुसर्रफले २ दिन अघि पाकिस्तानको पेशावरमा गरिएको आक्रमणमा भारतको हात रहेको गम्भिर आरोप लगाएका छन् ।


मुर्सरफले भने १३३ विद्यार्थीसहित १४१ जनाको हत्या हुनुमा भारतीय गुप्तचर संस्था ‘रअ’को हात रहेको आरोफ लगाएका छन् ।

मुर्सरफले सिएनएन–आइबीएनसँगको अन्तर्वातामा क्रममा भारतमाथि औंलो ठड्याएका हुन् । आक्रमणमा संलग्नहरुले भारतमा तालिम लिएको उनको आरोप छ ।
आक्रमणकारीहरुलाई अफगानिस्तान र भारतले संरक्षण दिएरहेको दोषारोपण समेत उनले गरेका छन् ।

२ दिन अघि पेशावरको सैनिक स्कुलमा तालिबानी आक्रमण हुँदा कम्तिमा १३३ विद्यार्थी सहित १४१ जनाको ज्यान गएको थियो । आक्रमणको भारतले पनि निन्दा गरेको थियो ।

यस अघि भारतमा गरिएका आक्रमणका लागि पाकिस्तान जिम्मेबार रहेको आरोप भारतले लगाउँदै आएको थियो । तर मुसर्रफले भारतलाई पनि यस्तै प्रकृतिको आरोप लगाएर कडा जवाफ दिएका छन् ।

यस अघि मुशर्रफले भारतीय प्रधानमन्त्री मोदीलाई मुस्लिम विरोधीको सज्ञा दिएका थिए ।

,

0 comments

Write Down Your Responses