रियल मड्रिड र सान लोरेज्जो विश्वकप फुटबलको फाइनलमा भिड्दै

३ पुस, एजेन्सी । 
अर्जेन्टीनी क्लव सान लोरेन्जो मोरक्कोमा जारी क्लव विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा ओसीयाना समूह विजेता न्युजिल्याण्डको अकल्याण्ड सिटी एफसीलाई दुई एकले हराँउदै दक्षिण अमेरीकी च्याम्पियन फाइनलमा पुगेको हो ।

 प्रतियोगिता अघि नै कमजोर मानिएको अकल्याण्ड सिटी विरुद्धको खेल जित्न भने लोरेन्जोले अतिरिक्त समयसम्म कुर्नु परेको थियो । उपाधिका लागि अब लोरेन्जोले युरोपियन च्याम्पियन रियाल मड्रिडको सामना गर्नेछ ।

 

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेक्सिकन क्लव क्रुज अजुललाई हराँउदै रियाल मड्रिड फाइनलमा पुगिसकेको छ । फाइनल खेल यही शनिवार हुनेछ ।

,

0 comments

Write Down Your Responses