१ चुम्बनको २३ लाख

तपाइँ आफ्नो मन परेको सेलिब्रेटीलाई चुम्बन गर्न पाए कति पैसा तिर्न तयार हुनु हुन्छ ? एक ब्यक्तिले अमेरिकी टेलिभिजन अभिनेत्रीको चुम्बनका लागि २३ हजार डलर अर्थात २३ लाख रुपैयाँ तिर्न तयार भएका छन् ।


स्वीट्जरल्याण्डका एक धनाड्यले डियाना एग्रोनको चुम्बनलाई २३ लाख तिरेका हुन् । उनले चुम्बनका लागि तिरेको पैसा भने युद्ध पीडित वालवालिकाको हेरचाह गर्ने एक संस्थाले पाएको छ ।

स्वीटजरल्याण्डमा आयोजित एक कार्यक्रममा एग्रोनले आफ्नो चुम्बन लिलामीमा राखेकी थिइन् ।

0 comments

Write Down Your Responses