नेताहरुले गर्न नसक्ने होइन, नचाहेका हुन्ः नेम्वाङ
२ पुस, काठमाडौं ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले ३१ दल र तीनका शिर्ष नेताले गर्न नसकेको सहमति कतैबाट पनि हुन नसक्ने बताएका छन् । कांग्रेस एमालेले अव सहमती हुन नसक्ने भएकाले प्रकृयामा जाने वा संयन्त्र बनाएर विवादको छिनोफानो गर्नु पर्ने अडान लिइरहेका बेला संविधानसभा अध्यक्ष नेम्वाङ्को यस्तो भनाई आएको हो ।
माघ ८ मै संविधान जारी गर्नका लागि विभिन्न दल निकाटका ११ विद्यार्थी संगठनले संकलन गरेको हस्ताक्षर बुझ्दै अध्यक्ष नेम्वाङ्गले दलहरु सक्षम रहेको र चाहेमा दुई घण्टामै सहमति गर्न सक्ने बताए । ‘नेताहरुले गर्न नसक्ने होइन, नचाहेका हुन् नेम्वाङ्ले भने, बरु नचाहनुको कारण के हो त्यो जनतालाई भन्नुपर्छ । प्रकृयामा जाँदा सहमतिको बाटो बन्द हुने र त्यसले गलत सन्देश जाने भन्दै नेम्वाङ्गले प्रश्नावली बनाउने संयन्त्र बनाउन पनि निक्कै जटिल हुने नेम्वाङ्ले बताए ।
अहिले संवाद समितिमा गुजुल्टिएको समस्या पोको पारेर संविधानसभामा छिराउने काम भएको भन्दै यो वल्लो घरको नरे पल्लो घर सरे भने जसरी निकास ननिस्कने उनको भनाई छ । दलहरुले सहमति गर्न नसके थाम्न नसक्ने गरी समस्या श्रृजना हुने सबैभन्दा राम्रो विकल्प सहमति नै भएको बताए ।
विषयबस्तुमा सहमति भए अझै पनि केही प्रकृया निलम्बन गरी नियमावली संसोधन गरेरै भए पनि माघ ८ मा संविधान जारी गर्न संभव भएको नेम्वाङ्को भनाई छ । संविधानसभामा अहिले सहमति हुन नसक्ने भएकाले प्रतिवेदन फेरी संवाद समितिमै फिर्ता पठाउने, समितिले सहमति गर्न नसक्ने भएकाले संविधानसभाले नै निर्णय गर्ने वा नमलिेका विषयलाई जनमत संग्रहमा लैजाने भनेर तीन थरी विवाद देखिएका छन् । नेम्वाङ्ले सहमति गर्न नसक्ने दल निकाटका विद्यार्थी संगठनलाई निरन्तर दवाव दिन पनि आग्रह गरे ।
.jpg)

0 comments
Write Down Your Responses