मैले खोजे जस्तो भेटया छैन’

उनी बलिउडकी सबैभन्दा फेसनेबल अभिनेत्री मानिन्छिन् । उनको फेसनको चर्चा भारतमा मात्र सीमित छैन । विश्वका अनेक मुलुकमा उनको पहिरनको प्रसंग निक्लिने गर्छ ।


यसैले, सोनम कपुरबारे कुरा उनी अनिल कपुरकी छोरी हुन् भनेर मात्रै हुने गर्दैन । बलिउडको मूल धारमा आएको सात वर्ष भइसके पनि अभिनयमा कुनै प्रशंसा पाउन नसकेकी यी २९ वर्षे कुरा भने साना गर्दिनन् । उनका अनुसार, उनी अचेल सिंगल नै छिन् ।

भन्छिन्, ‘सोचे जस्तो मिस्टर राइट फेला परेको छैन ।’ बिहेबारे सोधिएको प्रश्नमा उनको उत्तर छ, ‘त्यसको लागि अझै निकै समय बाँकी छ । म सिंगल रहनुमै खुसी छु । म एकलमै अन्योलग्रस्त छु, मलाई कस्तो केटो चाहिने हो भन्नेमा । खोजेको जस्तो अझै भेटेको छैन ।’एजेन्सी

0 comments

Write Down Your Responses