गुडिरहेका बसमा करेन्ट लाग्दा चार को मृत्यु
६ पुस, काठमाडौं । सिन्धुपाल्चोकको बराम्चीमा यात्रुबाहक बसभित्र करेन्ट प्रवाह हुँदा कम्तिमा चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।
बराम्ची दुईको सडकमा गुडिरहेको बसमा एक्कासी करेन्ट लाग्दा थप २० जना घाइते भएको प्रहरीले जनाउको छ
काठमाडौंबाट सिन्धुपाल्चोकको कात्तिके जादै गरेको ना २ ख २७०२ नम्बरको बसमा विद्युत तार झरेर करेन्ट लागेको अनुमान छ ।
घटनास्थलमा प्रहरी पुग्दै गरेकाले थप विवरण आउन बाँकी रहेको सिन्धुपाल्चोकबाट पत्रकार नानीराम नेपालले बताए ।
.jpg)

0 comments
Write Down Your Responses