कुर्सी भाँच्नेलाई के कारबाही हुन्छ ?

काठमाडौं – तोडफोडमा उत्रिने सभासद्माथि कारबाहीको व्यवस्था संविधानसभा नियमावलीमै गरिएको छ । नियमावलीको नियम ४६ मा संविधानसभा अध्यक्षले तोडफोड गरेका सभासदलाई कारबाही र क्षति भएको भौतिक सामग्रीको यथार्थ क्षतिपूर्ति उसैबाट भराउन सक्ने व्यवस्था छ।


‘यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि कुनै सदस्यले सभाकक्षमा शान्ति, सुव्यवस्था तथा अनुशासन भंग गरे वा गर्न लागे वा संविधानसभाको प्रतिष्ठामा धक्का लाग्ने किसिमले सभाकक्षभित्र ध्वंसात्मक कार्य गरे वा बल प्रयोग गरे वा गर्न लागे वा कुनै भौतिक हानिनोक्सानी पुर्याषए अध्यक्षले निजलाई सभाकक्षबाट तत्काल निष्कासन गर्न मर्यादापालकलाई आदेश दिन सक्नेछ। यसरी निष्कासित सदस्यलाई अध्यक्षले बढीमा १० दिनसम्म निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको यथार्थ क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्नेछ,’ बैठकको सुव्यवस्था कायम राख्ने अध्यक्षको विशेष अधिकारसम्बन्धी व्यवस्थामा उल्लेख छ।
निलम्बित सदस्यले त्यस अवधिभर संविधानसभा वा समितिको कुनै पनि बैठकमा उपस्थित हुन पाउँदैनन्। संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार तोडफोडबाट ३० लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको आँकलन छ।नागरिक दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses