अात्मालोचना गर्दै अन्ततः एमाओवादीले माफी माग्यो

January 21, 2015
नेपाल सन्देश डेस्क, काठमाडौं । संविधानसभामा सोमबार मध्यराति भएको तोडफोडमा आफुहरुको गल्ती भएको भन्दै माफि मागेको छ ।
आज बानेश्वरस्थित अल्फा विटा कम्लेक्समा आयोजित विशेष पत्रकार सम्मेलनमा एकीकृत माओवादीले आफ्नो तर्फबाट भएको गल्ती स्विकार गर्दै माफी मागेको हो ।


पत्रकार सम्मेलनमा बोल्दै एमाओवादी शीर्ष नेताहरुले संविधानसभामा हुन नहुने घटना भएकाले आम जनतासँग माफि मागेका हुन् । नेता बाबुराम भट्टराईले संविधानसभामा भएको कुर्ची तोडफोड गलत भएको र अब दोहोरीन नदिने बताए ।
उनले बन्दका बेला भएको सञ्चार माध्यम माथिको आक्रमण पनि गल्ती भएको भन्दै माफि मागेका थिए । उनले यस्तो गल्तीले नकारात्मक सन्देश दिएको बताएका थिए ।
बन्दका क्रममा हिजो माउन्टेन टेलीभिजन र कान्तिपुर टेलीभिजनका सवारीमाथि आक्रमण भएको थियो भने पत्रकारहरुमाथि पनि आक्रमण भएको थियो ।

0 comments

Write Down Your Responses