२०४७ सालको भूत मन्साउन सडकमाः भट्टराई
बहुमतको रटान लगाउने दलहरु संविधानसभाका नक्कली धाई आमा
काठमाडौं, माघ ६ – एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कांग्रेस–एमालेले २०४७ सालको भूत ब्युँताउन चाहेको बताएका छन् ।
राजधानीको बिजुलीबजारमा सभालाई सम्बोधन गर्दै नेता भट्टराईले भने, ‘कांग्रेस–एमाले २०४७ सालको भूत ब्युँताउन चाहन्थे जसलाई तपाईं हामी लडेर मन्छाई सकेका थियौं । त्यो भुत ब्युँतेपछि त्यसलाई मन्छाउने सडकमा आउनुपरेको हो ।’
उनले जनयुद्ध र जनआन्दोलनमा हजारौंको बलिदानबाट प्राप्त संविधानसभाको वास्तविक आमा आफूहरु रहेको बताउँदै भने, ‘अहिलेका बहुमतको रटान लगाउने दलहरु नकक्कली धाई आमाहरु हुन् । माया आमाहरुलाई हुन्छ, धाई आमालाई हुँदैन । तिनीहरुबाट संविधानसभाको रक्षा हुनसक्दैन ।’काठमाडौं, माघ ६ – एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कांग्रेस–एमालेले २०४७ सालको भूत ब्युँताउन चाहेको बताएका छन् ।
राजधानीको बिजुलीबजारमा सभालाई सम्बोधन गर्दै नेता भट्टराईले भने, ‘कांग्रेस–एमाले २०४७ सालको भूत ब्युँताउन चाहन्थे जसलाई तपाईं हामी लडेर मन्छाई सकेका थियौं । त्यो भुत ब्युँतेपछि त्यसलाई मन्छाउने सडकमा आउनुपरेको हो ।’
उनले आफूहरुले चुनावी घोषणापत्रमा सकेसम्म बन्द हड्ताल नगर्ने भने पनि प्रतिगामीको हातमा संविधानसभा पुगेपछि जनताको अधिकार सुनिश्चित गर्नका लागि आज सडकमा आउन बाध्य भएको बताए । उनले बन्दले जनतामा परेको दुःख कष्टप्रति माफी पनि मागेका थिए ।
भट्टराईले गनाएको संविधानसभालाई परिवर्तन गर्न चाहेको बताउँदै सत्तारुढ दलले पुनः संविधानसभालाई गनाएको विकृत संसद बनाउन खोजेपछि आफूहरु प्रतिरोधमा उत्रेको बताए ।
भट्टराईले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनको बलिदान खेर जान नदिने बताउँदै संविधानसभाबाट जनविद्रोह शुरु भएको बताए ।
.jpg)

0 comments
Write Down Your Responses