केपी र सुशीलको हड्डी भाँच्ने चेतावनी
६ माघ, काठमाडौं ।
सडक आन्दोलन थालेका विपक्षी दलका नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई नवराजाको सज्ञा दिँदै अव उनीहरुको हड्डी पनि भाँच्ने चेतावनी दिएका छन् ।
आम हडताल सफल पार्न सडकमा ओर्लिएका एमाओवादी र मधेशवादी नेताहरुले यस्तो चेतावनी दिएका हुन् ।
एमाओवादी सचिव वर्षमान पुनले विजुली बजार क्षेत्रमा आन्दोलनकारीलाई सम्बोधन गर्दै भने- हामी अझै पनि सहमतिको पक्षमा छौं । सडक र सदनबाट दवाव दिइरहेका छौं । केपी र सुशील कोइराला नवमहाराजकोरुपमा जन्मे । उनीहरुलाई सडक र सदन दुवै ठाउँबाट जवाफ दिन्छौं ।
पुनले ज्ञानेन्द्रलाई नागार्जुनमा बस्न अनुमति दिइएको तर नवराजाहरुले त्यति पनि स्थान नपाउने चेतावनी समेत दिए ।
त्यस्तै मधेशी नेता जितेन्द्र देवले ओली र सुशील नयाँ राजा बन्द खोजेको आरो लगाउँदै आफूहरुले कुर्सी र माइक भाँचेको र अव कुर्सी मात्रै होइन नवराजाहरुको हड्डी पनि भाँच्छौं भने । उनले अव बढी भयो भने संविधानसभा भित्रै छिरेर लड्ने चेतावनी दिएका छन् ।
.jpg)

0 comments
Write Down Your Responses