तीनलाख घुस लिँदा लिँदै नापी सर्वेक्षक पक्राउ
९ माघ,काँकरभिट्टा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै गरेको अवस्थामा एकजना नापी सर्वेक्षकलाई झापाको काकडभिट्टाबाट पक्राउ गरेको छ ।
शुक्रवार अपरान्ह काकडभिट्टाको एभरेस्ट मार्गमा रहेको दूध डेरीबाट प्रहरीले नापी सर्वेक्षक रविन्द्र पासवानलाई नियन्त्रणमा लिएको हो । पासवानले झापा मेचीनगर–१० का गङ्गा कोइरालासँग तीनलाख रुपैयाँ घुस लिएको आयोगका डीएसपी गोविन्द अधिकारीले बताउनु भयो ।
टोलीका अनुसार कोइरालाको नरबढी देखिएको छ धुर जग्गाको धनीपूर्जा दिलाई दिने भन्दै पासवानले घुस मागेका थिए । उनले मागेको छ लाख रुपैयाँ मध्ये तीनलाख रुपैयाँ अग्रिम दिने सम्झौता अनुसार कारोवार हुँदै गर्दा नगदसहित आयोगको टोलीले नियन्त्रणमा लिएको अधिकारीले जानकारी दिनुभयो ।
पासवान नापी कार्यालय झापाका कर्मचारी हुन् । जनकपुरको डेवडिया स्थायी घर भएका उनलाई केही महिनाअघि सरपट नापीको टोली नम्वर–३ अन्तरगत मेचीनगर क्षेत्रमा खटाइएको थियो ।
.jpg)

0 comments
Write Down Your Responses