प्रचण्ड र ओली भिड्ने मात्र !




मित्रलाल खत्री


के संविधानसभाको औचित्य अव सकिएको हो ? अझै छ भने संविधानसभा संवाभना कि ! समस्या ? । यो जुगाँको लडाई कि ! दायित्वको थलो ? । यो नाकको राजनीति कि ! सदियौँको भावनात्मक विभेद अन्तको कानुनी दश्तावेज निमार्ण थलो अझै के दलहरु बीचमा सहकार्यको गुंजायस छ ? ? फरक हाम्रो मात्र दृष्टिकोण र पूर्वाग्रहको अनुसार त्यसका जवाफ पनि हुन्छन् ।

केही मान्छेहरुले माघ ८ लाई प्रलयको दिन हो भनेर ब्याख्या गर्थे भने आफ्ना विश्वास, राजनीतिक नजदिकता, विरोधी पार्टी वा चिन्तनप्रतिको आक्रोसित तर्क, भूमिका बनेर छरपष्ट गरेका थिए । लडाई संसिधान सभामा मात्र भएन्, सडकमा, मिडियामा, चिया पसलका गफमा, जो तर्क कोरल्न सक्थे र आफूलाई विशेष देखाउन चाहान्थे, खुव गाला बजारे, अक्षर कोरे । जिन्दावाद र मुर्दावादका नारा पनि घन्काए । कहीँ कोही पनि चुकेनन् । बहसमा सहभागी स्वदेशमा रहेकाले मात्र हैन अत्यन्तै ब्याकुल र चिन्तत विदेशनु परेका सचेत नागरिक पनि आआफना पहँचमा रहेका मिडियावाट सहभागी भए । अझ कतिपयका स्वदेशी र विदेशी आग्रह सामाजिक संजालमा अस्लिल शब्द, चित्र बनेर एकअर्काको मानमर्दन गरेर अर्काको हुर्मत काढेर आफ्नो हैसियत देखाउने काम पनि भयो । अझ आक्रोसको निसानामा एमाले अध्यक्ष केपी सर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्ड नै परे । सत्ताको नेतृत्व काग्रेसले गरेको छतर सत्ताचिन्तनको नेतृत्व एमालेले र विद्रोही सोचको अगुवाई प्रचण्डले ।

सचेत नागरिकको कित्ताबन्दी भयो । राजनीतिक संस्कृतिको अभाव बन्दै गएको हाम्रो समाजमा फेसबुक, टुईटरजस्ता सामाजिक संजाल मात्रै हैन् मूलधारका कयौँ मिडियामा पनि समाचार कोरल्ने र आग्रह पोख्ने काम भए । सिकार एकातर्फ निसाना अर्कै तिर ताकिए झै पनि देखा परे । अव भने उत्तेजना क्रमशः सिथिल हुँदैछन्, तव आवेगले पनि विवेकको बाटो पछयाउनु पर्ने हुन्छ । ठण्डा दिमागले जो कसैले पनि सोच्ने हो भने अहिलेको तितो अवस्था एउटा शक्तिले अर्को शक्तिलाई जितेर, ध्वस्त गरेर आएको नभई दुवैले अस्तित्व स्वीकारेर सहमतिको राजनीति थालनी भएको हो । दुवैले नहारेको न जितेको यस अवस्थालाई नै विन विनको सिद्धान्त भनिएको हो ।

जहाँ समस्या हुन्छन्, त्यहां निकास पनि हुन्छन् बरु त्यस निकास पुराना तरिकाले नभई नयाँ उपायको संवेदनशील भएर खोजी गर्दा मात्र रोगको पहिचान हुन्छ । निकास खोजीको पहिलो सर्त नै यस संविधानसभा विघटन भयो भने के कस्ता समस्या देश र सरोकारवाला शक्ति पार्टी र जनताले ब्यहोर्नु पर्छ भनेर त्यस गम्भीरतालाई बुझ्नु पहिलो सर्त हो । यस भूसंवेदनशील मुलुकको अस्तब्यस्ततालाई महाशक्तिको दौडमा रहेका छिमेकी चीन र चारत मात्रै हैन् अन्तराष्ट्रिय समुदायले पनि टुलुटुलु हेरिमात्र रहन्छ ? यहाँको उग्रदक्षिणपन्थी शक्ति धमिलो पानीमा माछा मार्न प्रयत्न गर्ने त छैन् ? त्यसको संवाभना र संवेदनशीलतालाई गम्भीर भएर यदी नियाल्ने हो भने कोही पनि भावना, आग्रह र प्रतिसोधमा लागेर विवेक गुमाउने छैन् भने इतिहासलाई दिईनु पर्ने जवाफबाट विचलित हुँने पनि छैन् ।

हाम्रो समाज राजनीतिक सामन्तवादवाट मुक्त भए पनि सास्कृतिक सामन्तवादबाट भने अझै मुक्त छैन । सामन्तवादको विशेषता नै टुटन सक्ने तर झुक्न नसक्ने हो । त्यो अहिले दुई कित्ताका नेतृत्व गरिरहेका ओली र प्रचण्डको हकमा पनि लागु हुन्छ । त्यसमा अझ घृणा थप्नेकाम जिम्मेवारी लिनुनपर्ने र उपलब्धीको तर मार्न पाँउनेले गरिरहेका हुन्छन् । समय घर्किदै छ, हुर्मत एकले अर्काको काढने त नेपाली राजनीतिक संस्कृति नै बनिसक्यो । त्यसकालागी हाम्रो जस्तो सामान्ती अहंकारग्रस्त समाजका नेताहरु पनि यही सस्कृतिका उपज नै हुँन कुनै अन्तरिक्षबाट झुल्केका आर्दशमुनुवा हैनन् । सिमा र समस्या उनीहरुमा पनि हुन्छ । उनीहरुसंग दैविक गुणको अपेक्षा कार्यकर्ता र समर्थक जनताको भएता पनि यसै समाजका भएकाले सामाजिक गुण र दोषले भरिएका हुँनु अन्यथा हुँदैन् ।


जतिसुकै अपृय भए पनि तितो यर्थात स्वीकार्नु पहिलो जिम्मेवार पक्षको दायित्व हुन्छ भने स्वीकारिएको यर्थातलाई जतिसुकै आफ्ना अहंमा चोट पुग्छ भने पनि ब्यबहारमा लागु गर्नु, आत्मासात गर्नु दोस्रो पक्ष हो । समस्याको समाधान परंपरागत सोच, शैलीबाट हुँन सकेन भने नयाँ के हुँन सक्छ भनेर खोजिनु पर्छ । त्यो राजनीति अंङ्कगणितीय सुत्रबाट हल हुन सकेन भने ट्रयाक टु (घुमाउरो वा पर्दाभित्रको सक्रियता) तिब्र अभियान चलाउनु पर्ने हुन्छ । भित्री घेरा (इन बक्स) बाट भएन भने बाहिरी उपायमा –(आउट बक्स) खोज पडताल गर्नु पर्ने हुन्छ । अहिले समस्या इन बक्सबाट हल हुँने देखिएको छैन् आउट बक्सवाट खोजिन ढिला गर्नु विनास निम्त्याउनु मात्र हो ।

0 comments

Write Down Your Responses