अग्निप्रसादले संविधानसभामै रामचन्द्रलाई घामट भनेपछि…

भट्टराईको प्रतिवेदनमा छलफल गर्न उठेका नेपाली कांग्रेसका उपसभापति पौडेलले दुनियाँमा बुलेटभन्दा ब्यालेटलाई मान्यता दिने परिपार्टी नै प्रजातान्त्रिक परिपाटी भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघ उपमहासचिवको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले सहमति हुन नसके प्रजातान्त्रिक तरिकाबाट जनताको अधिकार प्राप्त दलले निर्णय लिने सक्ने प्रजातान्त्रिक अधिकारमाथि संयुक्त राष्ट्रसंघका उपमहासचिव धावा बोलेको भन्दै आपत्ति जनाएका थिए ।

पौडेलको उक्त आपत्तिमाथि आपत्ति जनाउँदै सापकोटाले प्रजातन्त्रको नम्र्स नै नबुझ्ने गरी पौडेलले घामट कुरा गरेको बताए । उनले ‘रामचन्द्रजीले प्रजातन्त्र नबुझे जसरी घामट कुरा गर्नुभयो, म भन्छु यस्तो घामट कुरा किन उहाँहरु गर्दै हुनुहुन्छ ?


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई एनेकपा माओवादीका नेता अग्निप्रसाद सापकोटाले संविधानसभा बैठकमै ‘घामट’ को संज्ञा दिएका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमा छलफल गर्न रोस्टममा उठेका सापकोटाले संयुक्त राष्ट्रसंघको सुझाव नमान्ने रामचन्द्र पौडेलको अभिव्यक्ति घामट भएको बताए ।
छैटौँपटक संवाद समितिको प्रतिवेदन सभापति डा. बाबुराम भट्टराईले संविधानसभामा टेबुल गरेका थिए । उनले सहमति जुट्न नसकेको जनाउँदै सहमति जुटाउन संविधानसभालाई आग्रह गरेका थिए । भट्टराईको प्रतिवेदनमा छलफल गर्न उठेका नेपाली कांग्रेसका उपसभापति पौडेलले दुनियाँमा बुलेटभन्दा ब्यालेटलाई मान्यता दिने परिपार्टी नै प्रजातान्त्रिक परिपाटी भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघ उपमहासचिवको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले सहमति हुन नसके प्रजातान्त्रिक तरिकाबाट जनताको अधिकार प्राप्त दलले निर्णय लिने सक्ने प्रजातान्त्रिक अधिकारमाथि संयुक्त राष्ट्रसंघका उपमहासचिव धावा बोलेको भन्दै आपत्ति जनाएका थिए ।
पौडेलको उक्त आपत्तिमाथि आपत्ति जनाउँदै सापकोटाले प्रजातन्त्रको नम्र्स नै नबुझ्ने गरी पौडेलले घामट कुरा गरेको बताए । उनले ‘रामचन्द्रजीले प्रजातन्त्र नबुझे जसरी घामट कुरा गर्नुभयो, म भन्छु यस्तो घामट कुरा किन उहाँहरु गर्दै हुनुहुन्छ ?
सापकोटाले पौडेलको मात्र आलोचना गरेनन्, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको पनि आलोचना गरे । खनालले संविधानसभाको निर्वाचनमा एमाओवादीले जनतासँग एक वर्षभित्र संविधान दिने गरेको भीष्म प्रतिज्ञालाई सम्झाएका थिए भने जातीय राज्यका पक्षमा आफ्नो दल नभएको बताएका थिए । ‘एक सय २५ जाति अहिले हाम्रो देशमा छन्, जातीय राज्य दिए सबैलाई दिनुपर्छ । को ठूलो को सानो जाति भनेर चित्रण गर्न पाइँदैन,’ बैठकमा खनालले भनेका थिए ।
सोही कुराको जवाफ दिँदै सापकोटाले आक्रोशित हुँदै भने, ‘जनतालाई अधिकार दिएर राज्य टुक्रा हुँदैन, खनालजी सम्मानित हुनुहुन्छ उहाँको अभिव्यक्ति खराब छ ।

0 comments

Write Down Your Responses