प्रियंकाले लिइन् चार मिनेटको एक सय २५ करोड भारु

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले स्टेजमा निकै महँगो नृत्य प्रस्तुत गरेर समाचार बनेकी छिन् । उनले स्टार गिल्ड अवार्ड–२०१५ मा स्टेजमा सानदार प्रदर्शन गरिन् । उनले फिल्म गुन्डेको अस्सलामे ए इस्कुम बोलको गीतमा जम्मा चार मिनेट नृत्य गरेकी थिइन् । आयोजकले यस चार मिनेटको नृत्यका लागि प्रियंकालाई एक सय २५ करोड भारतीय रुपैयाँ दिएको बताएका छन् ।


योसँगै प्रियंका स्टेजमा सबैभन्दा बढी रकम लिने बलिउड हस्तीमा परेको बताइएको छ ।
प्रियंकाको प्रस्तुति भने कार ओर्लेदेखि नै सुरु भएको थियो । उनी आफ्नो कारबाट ओर्लेर हिँड्ने रातो कार्पेटमै क्यामेरा जडिएको थियो । जसले उनको प्रवेशलाई भव्य बनाएको थियो ।
यस प्रस्तुतिका लागि प्रियंका र उनको टिमले निकै मिहिनेत गरेको पनि बताइएको छ ।

0 comments

Write Down Your Responses