नेपालको लगातार तेस्रो जित

काठमाडौं । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।
बुधबार भएको खेलमा नेपालले आयोजक नामियिबयालाई ३ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको १४३ रनको चुनौति नेपालले ३७ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।
            
यसअघि नेपालले नेदरल्याण्ड र क्यानडालाई हराएको थियो । नेपालको जितमा कप्तान पारस खड्काले सर्वाधिक ६४ रन बनाए भने ज्ञानेन्द्र मल्लले ३१, विनोद भण्डारीले १८ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नामिबियाले ४९ दशमलव १ ओभर खेल्दै १४२ रन बनाएको थियो ।

नामिबियालाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले ३ तथा शक्ति गौचन, वसन्त रेग्मी र सोमपाल कामीले २–२ विकेट लिएका थिए ।

बुधबारको जितसँगै नेपाल डिभिजन वानमा पुग्ने सम्भावना बलियो भएको छ ।




0 comments

Write Down Your Responses