ओबामा भारत आउँदा हजारौं होटल र रेष्टुरेन्ट बन्द हुने

२ माघ, एजेन्सी ।


अमेरिकी राष्ट्रपति बाराक ओबामा आगामी २४ जनवरीमा भारत आउँदैछन् । तर ओबामा भारत आएर कहाँ बस्नेछन् र के के गर्नेछन् भन्ने जानकारी अहिले सम्म कसैलाई पनि दिइएको छैन ।

सुरक्षाका कारण ओबामाको भ्रमणबारे सबै कुरा गुपचुप राखिएको छ । शुक्रबार भारतको राजधानी नयाँ दिल्लीमा भएको भारतीय र अमेरिकी सुरक्षा अधिकारीको बैठकले ओबामा आगराको ताजमहल हेर्न जाने सम्भावना रहेकाले त्यो समयमा दिल्ली देखि आगरा सम्मका सबै होटल र रेष्टुरेन्ट बन्द रहने निर्णय गरेको बताइएको छ ।



२७ जनवरीमा ओबामा पत्नि मिशेललाई लिएर आगरा जाने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आगरा देखि दिल्ली सम्मका होटल वा रेष्टुरेन्टमा आतंकवादी लुक्न सक्ने सम्भावना रहेको भन्दै त्यहाँका सबै होटल र रेष्टुरेन्ट बन्द गर्न लागिएको बताइएको छ ।

सुरक्षा अधिकारीहरुले ओबामा र उनका प्रतिनिधि मण्डललाई आपतकालीन बाहिर निस्किने मार्ग पनि तयार राख्न माग गरेका छन् ।

0 comments

Write Down Your Responses