यी हुन् कुर्सी भाँच्ने सभासद्
काठमाडौं,माघ ७ – संविधानका अन्तर्वस्तुमा सहमति हुन नसकेपछि संविधानसभा बैठक स्थगित गर्ने कि प्रक्रिया अघि बढाउने भन्ने विवादले मंगलबार बिहान एकीकृत माओवादी र मधेसवादीसहित विपक्षी १९ दलका सभासद तोडफोड र भिडन्तमा ओर्लिए। घटनामा चार मर्यादापालक र केही सभासद घाइते हुनुका साथै दर्जनौं कुर्सी–टेबुल भाँचिए। केही सभासदले कुर्सी बोकेर भुइँमा थचारेको दृश्य देखियो। माइक भाँचेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लाग्ने गरी प्रहार गरियो। कतिपयले मर्यादापालकमाथि हातपात गरे।
संविधानसभामा सप्तरी ३ बाट प्रत्यक्ष निर्वाचित एमाओवादी सभासद् यादव २०५५ देखि तत्कालीन नेकपा माओवादीमा आवद्द थिए । २०४८ सालमा पाटन संयुक्त क्याम्पसमा बिएस्सी पढ्दापढ्दै छाडेर राजनीतिमा लागेका थिए । लामो समय कम्युनिष्ट राजनीति गरेका यादव मंगलबार बिहान संविधानसभा अध्यक्ष सुवास नेम्बाङले प्रक्रियाअघि बढाउनासाथ उनीमाथि नै आक्रमण गर्ने शैलीमा रोस्ट्रम मा उक्लिएका थिए । मर्यादापालकले रोकेर तल झारिदिएपछि पनि उनले पटकपटक उनले पटकपटक माथि उक्लिने प्रयास गरे । एमाओवादी सभासद् शिवकुमार मण्डल गत संविधानसभा निर्वाचनमा सबभन्दा कम मत अन्तरले मोरङ ४ बाट विजयी भएका हुन् ।
उनले आफ्ना निकटप्रतिद्वन्द्वी नेपाली कांग्रेसका गयाराम (अशोक) मण्डललाई ८ मतले हराएका थिए । मण्डलले मतगणनामा धाँधली गरेको भन्दै कांग्रेस उम्मेदवारले उनीविरुद्द मुद्दा हाले । मोरङ गोविन्दपुरका हुनेखाने परिवारका मण्डल एमाले राजनीति गर्दागर्दै माओवादी प्रवेश गरेका हुन् । उनी एमाले परित्याग गरेर माओवादीले सुरु गरेको जनयुद्धमा लागेका थिए । त्यसैगरी,एमाओवादीको समानुपातिक कोटाबाट सभासद् भएका अमनलाल मोदी,एमाओवादीकै समानुपातिक तर्फका सभासद् दलजित बिके श्रीपाइली,संघीय समाजवादीका सभासद् दिलबहादुर नेपाली,थरुहट तराई पार्टीका सभासद् गंगा चौधरी,चौधरी संघीय लोकतान्त्रिक पार्टीकी सभासद् रुक्मिणी चौधरी लगायत सभासदले कुर्सी भाँचेका थिए,आजको नागरिक दैनिकमा खबर छ । -
1 comments
Write Down Your Responses
.jpg)

January 20, 2015 at 10:44 PM
Binod khadka