राजधानीको आकासमा रहस्यमय मुस्लो : स्थानीय त्रसित

काठमाडौं, माघ ६ – राजधानीको आकासको चौतर्फी एक्कासी धुँवाको मुस्लो देखिएको छ । लतिलपुर माथिको आकास,नागार्जुन माथिको भाग लगायत क्षेत्रमा यस्तो धुँवाको मुस्लो देखिएको हो ।


प्रत्यक्षदर्शीहरुले रकेट जस्तै बस्तु बिस्तारै आकासमा उडेको र त्यसबाट मुस्लो बिस्तारै सानो हुँदै छरिएर आकासमा फैलिएको बताएका छन् । यद्यपि, यो के भएको हो भन्नेबारेमा भने केही पनि थाहा हुन सकेको छैन ।
बिहान ११ः३० तिर देखिएको मुस्लो राजधानीको आकासमा विभिन्न ठाउँमा छरिए पनि यसको औपचारिक पुष्टि भने हुन सकेको छैन । यसबारे प्रहरीसँग बुझ्दा उनीहरुले यसबारेमा अनुसन्धान भइरहेको बताएका छन् ।
बन्दको दिन राजधानीको आकासमा एक्कासी धुवाँको मुस्लो देखिएपछि मानिसहरु आश्चर्यका साथै त्रसित बनेका छन् ।

0 comments

Write Down Your Responses