गोरु नांगिएको देख्दा लाज मान्नु पर्दैन, संविधान दिएरै छाड्छौं : ओली
काठमाडौं, माघ ७ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान संविधानसभा असफलताको नियति भोग्न नबनेको बताएका छन् । राजधानीमा बुधबार प्रेस चौतारीले गरेको अन्तरक्रियामा उनले अघिल्लो संविधानसभामा भएका गल्ती र कमी–कमजोरी सच्याउँदै संविधान दिएरै छाड्ने बताए ।
उनले माओवादीको वितन्डका कारण माघ ८ मा संविधान दिने प्रतिबद्धता पूरा हुन नपाएको तर्क गरे ।
संविधान बनाउने महत्वपूर्ण चार महिना संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले सिध्याइदिएको आरोप उनले लगाए ।
माओवादीलाई आफूले लामो समयदेखि चिनेको भन्दै ओलीले सोमबार मध्यराति 'गोरु नांगिएको देखेर आफूलाई लाज नलागेको' टिप्पणी गरे ।
आफूहरु अहिलेपनि सहमतिबाटै संविधान जारी होस् भन्ने पक्षमा रहेको भन्दै उनले सहमतिका नाममा अनन्तसम्म सहेर बस्ने गल्ती भने नगर्ने बताए ।
संघीयताको सन्दर्भमा ओलीले देशमा एक सय पच्चिस जातजातिको बसोबास रहेकाले बलिया र ठूलालाई मात्रै पहिचान दिने तर निर्धाहरुलाई झन् निमोठ्ने काम हुन नदिने स्पष्ट पारे ।
एमाओवादी नेताहरुमा दुनियाँ भरका तानाशाहहरुको भूत सवार भएको भन्दै उनले नेपाललाई संसारमा असफल भइसकेको तानाशाहीतर्पm लैजाने सपना कसैले देखेको भए त्यो सफल नहुने ठोकुवा गरे ।
माओवादी आफैंले विभिन्नखाले मसान जगाएको भन्दै अब त्यो मसान बुझाउन उसलाई फलामको च्यूरा सावित हुने पनि ओलीले बताए ।
.jpg)

0 comments
Write Down Your Responses