हाम्रा पनि खुट्टा काठका थिएनन्, संयम अपनायाैँ: देउवा
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेस र एमालेका सभासदले संयमता अपनाएको कारण सोमबार राति संविधानसभाको स्थिति नबिगे्रको बताएका छन्।
एमाओवादीको सोमबार राति संविधानसभामा गरेको तोडफोड र आक्रमणप्रति आक्रोसित हुदै देउवाले भने, ‘यो माओवादी भन्ने प्राणी सुध्रिएकै छैन, तपाईहरुले देखिहाल्नु भयो नि।’
उनले अबको उपाय भनेको संविधानसभामा सभाध्यक्ष नियमावली अनुसार प्रश्नावली तयारी समिति गठनको प्रक्रिया अघि बढ्न दिएर सहमतिको निम्ति वार्ता र संवादमा बस्नुपर्ने बताए।
संविधानको विवादित विषयमा मुख्य बुँदा संघीयताको विषयमा आफूहरुले अघि सारेको प्रस्तावको बचाउ गर्दै देउवाले सबै नेपालीको भावनालाई सम्बोधन गर्न आफूहरुले ल्याएको प्रस्ताव उपयुक्त भएको दाबी गरे।
.jpg)

0 comments
Write Down Your Responses