के काठमाडौंमा कर्फ्यू लाग्दै छ ? दुवै पक्षबाट भिडन्तको तयारी
संविधानसभाबाट संविधान जारी हुने भनिएको माघ ८ आज । संबिधानसभामा कल्पना नै नगरिएको सत्तापक्ष र विपक्षमा विभक्त दलहरुका कारण संबिधान लेखन झनै पेचिलो बनेको छ ।
माघ ८ मा संबिधान जारी त भएन नै उल्टो देश नै भिडन्तमा जाने तयारीमा रहेको हो कि भन्ने गम्भिर आशंका पैदा भएको छ । माघ ८ कै लागि सत्ता पक्ष र विपक्षीमा विभाजित दलले आफ्नै खाले तयारी गरेका छन् जसका कारण देश एक पटक मुठभेडबाट गुज्रिने देखिएको छ ।
एमाओवादी र मधेशवादी दलहरुले संविधानसभामा भित्र नै प्रक्रिया रोक्ने घोषितरुपमा बताएका छन् । सहमतिमा संबिधान जारी हुनुपर्ने एमाओवादी मधेसी मोर्चाको अडान र सहमति नभए प्रक्रियाबाट भएपनि संबिधान जारी गर्नुपर्ने काँग्रेस एमालेको हठका कारण संबिधानसभा निर्णयविहीनतामा पुगेको छ ।
विहान ११ बज्ने भनिएको संविधासभाको बैठक अहिले सम्म बस्न सकेको छैन । बैठकमा संबिधानसभा नियमावलीको दफा ९१ अनुसार प्रश्नावली निर्माण समिति प्रस्ताव गर्ने सभाध्यक्ष सुवास नेम्वाङको तयारी छ ।
यस अघी हिजो बसेको बैठक नेकपा एमालेका तर्फबाट संबिधानसभाका पूर्व सभाषद गोपालसिंह बोहोराको निधनमा शोक ब्यक्त गर्दै स्थगित भएको थियो । तर एमाओवादी–मधेसवादी मोर्चा भने समिति गठनको विपक्षमा छन् ।
प्रस्ताव पेश गर्न नदिने रणनीतिमा रहेका एमाओवादी मधेसी मोर्चा आबद्ध दलका सभाषदले माघ पाँच गतेदेखि बैठकमा अबरोध गर्दै आएका छन् । माघ ५ गतेको बैठकमा त जर्बजस्ती समिति गठन गर्न खोजिएको भन्दै तोडफोड समेत भएको थियो ।
जुलुस र प्रतिकार
यता सत्तारुढ दलका युवा संगठनले पनि संविधान जारी गर्न माग गर्दै जुलुस निकाल्न थालेका छन् । एमाले भातृ संगठन युवा संघले काठमाडौंको बुद्धनगरमा जुलुस निकालेर संविधान जारी गर्न माग गरेको छ ।
.jpg)

0 comments
Write Down Your Responses