महिला शौचालय प्रयोग गरेर रक्सी खाई संविधानसभा तोडफोड गरेको लाजमर्दो खुलासा
संविधान बनाउन संविधानसभा पुगेका एकीकृत माओवादी र मधेसी मोर्चासहितका सभासदहरुले संविधानसभामा मंगलवार गरेको तोडफोड र आक्रमणको सर्वत्र आलोचना भएको छ । स्वदेश तथा विदेशमा रहेका नागरिकहरुले सामाजिक सञ्चाजलमार्फत गरेको टिप्पणीमा एकीकृत माओवादी र अन्य दलका सभासदहरु अझै जंगली स्वभाववाट मुक्त नभएको, आफूलाई मन नपरेपछि आक्रमण नै गरेर सिध्याउने शैलीमा लागेको टिप्पणी गरेका छन् । आजको नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।
एकीकृत माओवादी र मधेसीवादी दलका सभासदहरुले गरेको कुर्सी, माइक र टेबुल तोडफोड पुनर्निमाण गर्न केही दिन लाग्ने भएकाले मंगलवार आफैले भाँचेको कुर्सी र टेबलमा हेर्दै सभासदहरु बसेका थिए । सचिवालयका अनुसार तोडफोडबाट ५० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।
कतिपय सभासदहरुले मादक पदार्थसमेत सेवन गरेको पाइएको मर्यादापालकहरुले बताएका छन् । एक जना मर्यादापालक भन्दै थिए–सभाध्यक्षलाई आक्रमण गर्ने गरी जुत्ता फ्याक्ने र रोस्ट्रमै पुग्ने तथा अन्य केही सभासदलाई समाउन जाँदा मादक पदार्थ निकै गनाएको थियो । माननीयज्यूलाई हामीले केही भन्न पनि नमिल्ने के गने ?’ सचिवालय स्रोतका अनुसार कतिपय सभासदले महिला शौचालयको प्रयोग गरेर मादक पदार्थ सेवन गरेका थिए ।
.jpg)

0 comments
Write Down Your Responses