बन्द गराउने एमाओवादी नेतालाई सर्वसाधारणको रामधुलाई
अछाम ।डडेलधुरामा बजार बन्द गराउँदै हिँडेका एमाओवादीका नेतालाई स्थानीयले कुटेका छन् । बन्द गराउने एमाओवादीका नेता कार्यकर्ता र प्रतिकारमा उत्रेका व्यापारीबीच बागबजार र तुफानडाँडामा बिहान झडप भएको थियो ।
झडपमा प्रतिकार टोलीको मुक्का प्रहारबाट एमाओवादीका जिल्ला इन्चार्ज पदमराज जोशी, सचिव उमेश भट्ट र सहसचिव लक्ष्मी धिक्त घाइते भएका छन् ।
घाइते तीनै नेताको डडेलधुरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी योगेन्द्र थापाले जानकारी दिए । घाइतेमध्ये सचिव भट्टलाई बढी चोट लागेको छ । बन्दको प्रतिकारमा हजार बढीको संख्यामा व्यापारी र स्थानीयबासी सडकमा उत्रेका थिए ।
आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
.jpg)

0 comments
Write Down Your Responses