नारायणकाजी एमाओवादी फुटाउँने वा राजनीति छाड्ने तयारीमा

अध्यक्ष प्रचण्डपछि आफैं एमाओवादीको अध्यक्ष हुन्छु जस्तो गरी प्रचण्डकै जसरी हाउभाउ गर्ने कारणले पत्रकार ओम शर्माकै शब्द सापटी लिएर भन्दा ‘फोटोकपी कमरेड’ नारायणकाजी श्रेष्ठ आजभोलि ठूलो सकसमा छन् । प्रचण्ड र बाबुराम भट्टराईसँग तपाईंहरु नसुध्रिएकाले अब लामो समय बस्न सक्तिन भनेर फुट्ने संकेत दिइससकेका छन भने आफ्नै समूहका नेताहरुको भने जसरी साथ नपाएकाले उनीहरुसँग चाहिं राजनीति छाड्छु भनेर घुर्की लगाइरहेका छन् ।

समय अनुसार चलेर अवसर छोप्न सिपालु नारायणकाजी श्रेष्ठ समयसँगै बगेका छन् । क्रान्तिकारी विचार समूहलाई कमजोर पार्न प्रचण्डले विशेष महत्व दिएर पार्टीमा भित्र्याएका नारायणकाजीले धोबीघाट मोर्चा बनाएर पार्टीमा प्रचण्डलाई नै अल्पमतमा पारे । यसबाट धेरै प्रचण्ड चिढिएका थिए ।

सत्तारुढ दलहरुलाई तर्साउन हालै रोल्पाका बंकर चाहर्दै तर्साउन खोज्दा उल्टै प्रचण्डलाई तर्साउन बाबुरामसँग मिलेर पत्रकार सम्मेलन गरेर अर्को धोबीघाट रचे । यसले प्रचण्डलाई ठूला धोकाको महसुस भयो ।

प्रचण्डले नारायणकाजीसँग गठबन्धन तोड्न बाबुरामलाई  प्रस्तावित अध्यक्ष बनाए । प्रचण्ड र बाबुराम मिलेर यतिवेला नारायणकाजीलाई उपेक्षामात्र गरेका छैनन् किनारामा पुर्याएका छन, केही सोंध्दैनन् । उनी त्यस पार्टीमा किनाराका साक्षीमात्र छन् ।

पुरानो समूहको तागतमा उनी लड्न खोज्छन तर पुरानो समूह तहसनहस भइससकेको छ । अमिक शेरचन, लीलामणिहरु प्रचण्डतिर छन् । गिरिराजमणि पोखरेल, आहुती आधी नारायणकाजी र आधी प्रचण्डतिर छन । नारायणकाजीको लागि भन्दा पनि उनीहरुले आफूलाई केन्द्रमा राखेर सोंच्छन । जसका कारण नारायणकाजीलाई ठूलो सकस परेको छ ।


वाहिर मोर्चा कस्दै
भित्र कमजोर बनेका नारायणकाजीले वाहिर मोर्चा बनाउन लागिरहेका छन् । प्रक्रियामा गएर भए पनि संविधान बनाउन कांग्रेस र एमालेलार्इ उकासिरहेका छन् । पार्टीको छ दिने सडक आन्दोलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाललाई नगल्न भनेर बाबुरामले वालुवाटारमा पुगेर भने जस्तै अहिले नारायणकाजीले केपी ओली र सुशील कोइरालाकोमा पुगेका छन् । पत्रकारहरुको घरघर चाहरेर म त संविधान जसरी पनि एक थान बनाउनु पर्छ भन्ने अडानमा छु भनेर बोलिरहेका छन । यसले एमाओवादीको अडानलाई फितलो बनाउने काम भइरहेको छ ।

नारायणकाजीलाई निकटबाट चिन्नेहरु भन्छन नारायणकाजीले सके पार्टी फुटाउँछन या राजनीति छाडेको घोषणा आजभोलि गरेमा आश्चर्य हुने छैन । इतिहासको सबैभन्दा ठूलो सकसको स्थितिबाट उनी गुज्रिरहेका छन् । झिल्कोबाट

0 comments

Write Down Your Responses