संविधानसभामा मध्यराति वितण्डा मच्चाउनेलाई सडकमा ढुंगा प्रहार
January 21,
काठमाडौं । जातीयतामा आधारित संघीयता र सहमतिको संविधानजस्ता परस्पर विरोधी मागका पक्षमा गरिएको नेपाल बन्दलाई ठाउँठाउँमा जनताले प्रतिकार गरिरहँदा राजधानीमा बन्द आह्वानकर्ता एमाओवादी केन्द्रीय नेताहरू आफ्नै समर्थकको निसाना बनेका छन्।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बन्द पक्षधरहरूकै ढुंगा प्रहारबाट बचाउन प्रहरी र सशस्त्र सफल भए पनि अर्का सभासद् तथा पूर्वमन्त्री जनार्दन शर्मासहित दाहालपुत्र प्रकाश र तीन अन्य सभासद्हरू त्यस्तो आक्रमणबाट उम्कन सकेनन्।
सोमबार मध्यराति संविधानसभा तोडफोडमा अग्रभूमिका खेलेका शर्मा मंगलबार दिउँसोको सदनपछि फर्कंदा आफ्नै समर्थकहरूको भाटे आक्रमणमा परी घाइते भएका थिए। उनको टाउकोमा पाँच टाँका लगाइएको छ। तर एमाओवादीले यो आक्रमणका लागि बाहिरबाट घुसपैठ भएकाहरू माथि दोषारोपण गरेको छ।
नर्भिक अस्पतालमा भर्ना गरिएका शर्माले आफूमाथि षड्यन्त्र भएको बताएका छन्। तर बन्द संस्कृतिविरुद्ध बढ्दो आक्रोश र प्रतिरोध एकातिर, र अर्कोतिर बन्दले पार्टीलाई अझै कमजोर बनाउँछ भन्ने आन्तरिक मूल्यांकनलाई बेवास्ता गर्दै आफूलाई संशोधनवादी भन्ने नेकपा-माओवादी र खुला रूपमा दाताहरूसँग नजिक देखिएका जनजाति नेता पद्मरत्न तुलाधरसँग गठबन्धन गर्दा दाहालको नेतृत्व कमजोर देखापरेको हो।
त्यस्तै सोमबार मध्यरात्रिको असंसदीय उद्दण्डता एमाओवादी नेतृत्वको निर्देशनमा भएको विश्वास गर्नेहरूको संख्या कम छैन। न दाहालले, न बाबुराम भट्टराईले नै त्यसलाई रोक्ने कुनै प्रयास गरे।
एमाओवादी नेतृत्व दोहोरो मान्यताका कारण कमजोर र आलोचनाको पात्र बन्दैछ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
.jpg)

0 comments
Write Down Your Responses