संविधानसभा बैठक हलमै ८ पोका खुर्सानीको धूलो



काठमाडौं, माघ ८ - संविधानसभा बैठक हलमै आज बिहान ८ पोका खुर्सानीको धूलो भेटिएको छ । बैठक हुनुभन्दा आधा घण्टा अगाडि बैठक हलका कुना कुनामा खुर्सानीको धूलो भेटिएको हो ।

संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले यस घटनाले दुःखी तुल्याएको बताएका छन् । दलहरुले वाचा गरेको माघ ८ गतेका दिन संसदमा भएको यसप्रकारको घटनाले स्थितिले फरक मोड लिन सक्ने आंकलन गरिएको छ ।

संविधानसभा बैठकमा दुई दिनअघि एमाओवादीले आक्रमण र तोडफोड गरेका थिए ।

आज बिहान ११ बजे संसद् बैठक बोलाइएको छ ।

,

0 comments

Write Down Your Responses