बन्द गराउँदै हिँडेका माओवादीका नेता डडेल्धुरामा यसरी कुटिए
माघ ६
डडेल्धुरा, ६ माघ । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको नेपाल बन्दको प्रतिकारमा उत्रिएका स्थानीय व्यापारी र बन्दकर्ताबीच डडेल्धुरा सदरमुकाममा झडप भएको छ ।
सदरमुकामको बागबजार तुफानडाँडामा झडप हुँदा बन्दकर्ता एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष पदम जोशी (विप्लप) जिल्ला सचिव उमेश भट्ट (विकास) जिल्ला सहसचिव लक्ष्मी धिक्तलाई व्यापारीहरुले निर्घात रुपमा कुटेका छन् ।
बजार खुलाउदै गएका व्यापारी र बन्द गराउदै आएका बन्दकर्ताबीच झडप भएको हो ।
झडपमा घाइतेहरुको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । भट्टको टाउको र पिठयुँमा, सह सचिव धिक्तको ओठमुखमा चोट लागेको र जिल्ला अध्यक्ष पदम जोशीलाई सामान्य चोट लागेको छ ।
बजारमा झडपको स्थिति सिर्जना भएपछि व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ भने बजार व्यवसायीहरुले पूर्णरुपमा बजार खुलाएका छन् ।
.jpg)

0 comments
Write Down Your Responses