ज्ञानेन्द्रको ब्यारेक सेनाको राखेजी

February 21, 2015
काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्थापना गरिएको उपत्यका पृतनालाई नेपाली सेनाले खारेज गर्ने भएको छ।


सरकारले केही दिनअघि स्वीकृत गरेको सेनाको ′पुनर्ढांचा योजना′ मा उपत्यका पृतना खारेज गर्ने उल्लेख छ। योजना कार्यान्वयनमा आएपछि सेनासँग पाँचवटा मात्र पृतना रहनेछन् ।

′पुनर्ढांचा योजनामा उपत्यका पृतना खारेज गर्ने विषय समावेश गरिएको थियो, जुन सरकारबाट स्वीकृति भएको छ।

पुनर्ढांचा योजना कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा अहिले गृहकार्य भइरहेको छ,′


 नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले भने, ′

अब क्रमिक रूपमा उपत्यका पृतनाको मुख्यालय हटाइन्छ र त्यहाँ रहेका फौजलाई अन्य पृतनामा लगिन्छ।′

आजको नागरिकमा समाचार छ ।

0 comments

Write Down Your Responses