ऐश्वर्या रायको अनुहार प्लास्टिकको भएको दाबी

सिरियल किसरका रुपमा परिचित बलिउड नायक इमरामले हासमीले नायीका ऐश्वर्या रायका बारेमा कडा तथा विवादस्पद टिप्पणी गरेका छन्।


चर्चित टेलिभिजिन शो कफी विथ करणमा पुगेका नायक हासमीले अन्य बलिउड कलाकारमाथी पनि कडा राय व्यक्त गरेका थिए तर नायीका एश्वर्यालाई भने उनले प्लास्टिक नै भनिदिए ।


चर्चित निर्माता निर्देशक करण जोहरले चलाउने कार्यक्रम कफि विथ करणमा हासमी आफ्नै मामा तथा चर्चित निर्देशक महेश भट्टसंग पुगेका थिए।

महेश भट्ट कयौं पटक विवादमा आईसकेका क्षमतावान र बोल्न नडराउने निर्देशकका रुपमा लिइन्छन् । मामा भान्जाले करण जोहरको शोमा निर्धक्कसंग अन्य कलाकारको कुरा काटेका थिए ।


भट्टले निर्देशक सञ्जय लिला बन्सालीलाई 'ओभररेटेड' भने। नायक हासमीले अमिर खानलाइ 'बोरिङ', इमरान खानलाई ओबर रेटेड भने। इमरानले अघि बढ्दै नायीका एश्वर्या रायलाई प्लाष्टिक भनिदिए।

प्लाष्टिक भन्नुको सिधा आशय थियो प्लाष्टिक सर्जरी अर्थात नायीकाहरु प्लाष्टिक सर्जरी गरेर राम्री बन्ने गरेको आरोप। तर अन्य बलिउड नायीकाहरु माथी प्लास्टिक सर्जरी गरेको आरोप लगाइए पनि ऐश्वर्यामाथी भने यस्तो किसिमको आरोप लाग्ने गरेको थिएन्। संभवत पहिलो पटक ऐश्वर्यामाथी यस्तो टिप्पणी गर्ने व्यक्ति इमरान नै हुन्।

0 comments

Write Down Your Responses