नेपालको हिमाली चुचुरो सहित २० विघा भूभाग चीनमा पर्न गएको खुलासा

April 1, 2015


काठमाडौं । नेपाल–चीन सीमामा स्तम्भ (ढुंगामा खोपेको चिन्ह) राख्ने क्रममा नेपाली अधिकारीहरुले गल्तीका कारण दोलखा जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने एक हिमाली चुचुरोसहित झण्डै २० विघा भू–भाग चीनभित्र पर्न गएको खुलासा भएको छ ।
नेपाली र चिनियाँ संयुक्त प्राविधिक टोलीले झण्डै ५२ वर्षअघि राखेको सीमा स्तम्भ वास्तविक सीमाभन्दा एउटा डाँडै वरै परेकाले नेपाली भूभाग चीनतर्फ परेको हो ।
दस वर्षयताका सबै सरकारले नेपाली भूभाग चीनतर्फ परेको गम्भीर विषय गोप्य राख्दै आएका छन् ।
त्यसलाई फर्काउन राजनीतिक र कुटनितिकस्तरमा समेत पहल नगरिएको नापी विभागका अधिकारीहरुले बताएका छन् ।
सीमा नापी प्रशासनका प्राविधिकहरुले भने उक्त भुभाग फर्काउन आन्तरीक गृहकार्य गरिरहेका छन् ।
सरकारका तर्फबाट लामो समयसम्म ठोस पहल नहुँदा उक्त नेपाली भुमी सधैंकालागि गुम्ने खतरा बढीरहेको विभागका उच्च अधिकारीले बताए । आजको कान्तिपुरमा समाचार छ ।

0 comments

Write Down Your Responses