हिमानीको हात हेरेर माताले यस्तो भनेपछि…

 काठमाण्डु, १८ चैत


 पूर्वयुवराज्ञी हिमानी आफ्ना पति पारससँग किन यतिका समयदेखि अलग छिन ? आम जिज्ञासाको विषय बनिसकेको छ यो ।

एक साताअघि निर्मल निवासमा बोलाइएकी २३ वर्षीया एक कुमारी माताले हिमानीसँग फेरि यही कुरा दोहो¥याइन, ‘सरकारहरु साथमा नभएकै राम्रो †’ अर्थात ज्योतिषीय सिद्धान्तअनुसार उनीहरुबीच ग्रह नमिल्नेमात्र होइन, सँगै बस्दा ठूलै अनिष्टको खताराका कारण पारस–हिमानी अलग्गिनु सुखद् हुने ठम्याइन माता सविता (सरु) आचार्यले ।
धनकुटाकी स्थानीयवासी कुमारी माताले यसअघि ससुराको पनि ग्रहदशा हेरेकी थिइन् । ज्ञानेन्द्रलाई छोराबाट फलिफव नहुने कुरा उनैले हो पहिला सुनाएको । र, अहिले हिमानीको ग्रहदशा हर्दा पनि ससुराकै झैं योगफल देखिएको छ ।
पति पारसका कारण दिग्दार भएपछि हिमानी आफैले स्वकीय सचिव स्मृति शाहलाई फोन गर्न लगाई कुमारी मातालाई सम्पर्क गरेकी हुन् ।
भेटका बेला हिमानीले परिवारको भन्दा बढी देशको चिन्ता गरिन । सोधिन, ‘देश कसले बनाउँछ ? कहिले शान्ति हुन्छ ?’
माताले देशको अवस्था साह्रै गा¥हो रहेको सुनाइन् । हिमानीको ग्रहमा राजयोग देखियो । यो भनेको शासन गर्ने वा नेतृत्व लिने योग मानिन्छ ।
माताले भनिन्, ‘सरकार त महारानी हुने योग छ ।’ तर हिमानीले महारानी बन्ने कुरा स्विकारिनन् । ‘महारानी बन्नु छैन राम्रो बन्न पाए पुग्छ’, भनिन् ।
जनआस्था साप्ताहिकबाट

0 comments

Write Down Your Responses