‘वर्थ डे’मा आना र अनमोलको प्रेम छताछुल्ल !

२०७१ चैत १७ गते
काठमाडौं । सफल चलचित्र जेरीका नायक नायिका अनमोल केसी र आर्ना शर्माको प्रेम सम्बन्ध वाहिर आएको छ ।


 नायक भुवन केसीका छोरा अनमोलको वर्थ डे पार्टीमा आनासँग प्रेम सम्बन्ध रहेको खुलासा भएको हो ।
यसअघि उनीहरु दुईबीच प्रेम सम्बन्ध चलिरहेको चर्चा चलिरहेको भएपनि दुवैले सार्वजनिक गरेका थिएनन् । औपचारिक रुपमा अहिले अस्वीकार गर्दै आइरहेका छन् ।

तर, आनाले ‘वर्थ डे’मा अनमोलसँगको प्रेम सम्बन्ध साँचो भएको प्रष्ट पारेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा फोटो राख्दै अनमोलसँग प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी हुन् ।

आनाले फोटो राखेर क्याप्सनमा अनमोललाई आइ लभ यू भनेकी छिन् । ‘तिम्रो पागलपन, जिद्धिपन र चञ्चल व्यवहार आत्मसात गर्दै अझ बढी माया गर्छु, तिमीलाई मेरो तर्फबाट फेरि एकपटक जन्म दिनको शुभकामना ।
तिमी जीवनमा सबै राम्रा कुराहरुका लागि योग्य छौं । म तिम्रो खुशीको र प्रगतिको कामना गर्छु ।’ आनाले पोष्ट गरेकी छिन् । नायक अनमोलको सोमबार जन्मदिन मनाइएको थियो ।

0 comments

Write Down Your Responses